• शनिबार ७-२९-२०८३/Saturday 11-14-2026

लागुऔषध मुक्त समाजका लागि लालझाडीमा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुरको लालझाडी गाउँपालिकामा लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बिहीबार भानु माध्यमिक विद्यालय कञ्जमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा ‘पातल’ प्रमुख अतिथि रहेका थिए ।

 

“लागुऔषध दुर्व्यसन मुक्त समाज निर्माण गरौँ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिकाको सहयोग,बाल अधिकार चेतना समुहको समन्वय,पालिकास्तरीय मानव अधिकार समुहको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद थापाले सबै मिलेर दुुश्मनको रुपमा रहेको लागुऔषध न्यूनीकरण गर्न आवश्यक रहेको बताए । नेता,प्रहरी,विद्यालय एक्लैले लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न नसकिने बताउँदै सबै मिलेर यसको निराकरण गर्नुपर्नेमा जोड दिए ।

 

गाउँपालिकाले पाठ्यक्रममा यस सम्बन्धी विषयवस्तु समावेश गरेर विद्यार्थीहरुलाई जानकारी दिनुपर्ने बताए । लागुऔषध न्यूनीकरणका लागि जनचेतना फैलाउन जरुरी रहेको उनको भनाई थियो ।

 

प्रहरी उपरीक्षक चक्र प्रसाद जोशीले पछिल्लो समय साथीहरुकै लहलहैमा लागेर लागुऔषध दुर्व्यसनी बढिरहेको बताए । “९६ प्रतिशत मानिस साथी भाइको लहलहैमा लागेर लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको तथ्यांकले देखाएको छ । पारिवारिक समस्या,माया प्रेममा धोका पाएर लागुऔषध दुर्व्यसनीमा संलग्न छन् । कैलाली,कञ्चनपुरमा लागुऔषध दुर्व्यसनीको अवस्था विकराल छ । यसको नियन्त्रण गर्न अभिभावक,विद्यालय,प्रहरी सबैको भूमिका आवश्यक छ,उनले भने ।” 

 

लागुऔषधको निराकरणका लागि लागुऔषध कारोबारीको सुचना गोप्य रुपमा प्रहरीलाई खबर गरेर लागुऔषध रहित समाज निर्माण गर्न सकिने उनले बताए । लागुऔषध न्यूनीकरणका लागि महेन्द्रनगरमा सुधार गृह(रियाव) सेन्टर सञ्चालनको आवश्यकता रहेको उनको भनाई थियो ।

 

समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले लागुऔषध सहित जाँड,रक्सी,सुर्तीजन्य पदार्थ समेत सेवन गर्न नहुने बताए । कुलतबाट टाढा रहन सकिए सुसज्जित समाज निर्माण हुने उनले बताए ।

 

लागुऔषध न्यूनीकरणका लागि सबैको साथ सहयोग आवश्यक रहेको भन्दै जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल प्रसाद अधिकारी,जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना,सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द,शुक्लाफाँटा नगरपालिकाका  नगर प्रमुख रण बहादुर महरा,लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना,वडा नम्बर ५ का वडाध्यक्ष  पहल बहादुर थापा,इन्सेक सुदुरपश्चिम प्रदेश प्रमुख खड्क बहादुर जोशी,शिक्षक,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

नवराज ऐरको पहलमा शुक्लाफाँटामा तीनदिने निःशुल्क दन्त उपचार शिविर

कञ्चनपुर — स्थानीय नागरिकले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्‍यो ब्राउन सुगर, एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी

भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी

↑