नवराज ऐरको पहलमा शुक्लाफाँटामा तीनदिने निःशुल्क दन्त उपचार शिविर
कञ्चनपुर — स्थानीय नागरिकले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुक्लाफाँटामा तीनदिने निःशुल्क दन्त उपचार शिविर सञ्चालन गरिएको छ। युवा नेता नवराज ऐरको पहल तथा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १, २ र १२ को आयोजनामा सहयात्री नेपाल संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
शुक्लाफाँटा नगरपालिका–१ स्थित कृष्ण आधारभूत विद्यालयमा सोमबारदेखि सुरु भएको शिविरको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले एक समारोहका बीच उद्घाटन गर्नुभयो।
शिविरमा स्वदेशी तथा विदेशी चिकित्सक र स्वास्थ्यकर्मी सम्मिलित टोलीले दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याको परीक्षण, उपचार, परामर्श तथा आवश्यक औषधि वितरण गरिरहेको छ। शिविरबाट शुक्लाफाँटा नगरपालिकाका स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
सहयात्री नेपाल संस्थाका प्रमुख डा. डेनिस घिमिरेले तीन हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्यसहित आवश्यक स्वास्थ्य सामग्री र दक्ष स्वास्थ्यकर्मीको टोलीसहित शिविरमा सहभागी भएको जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा दाँत तथा मुखसम्बन्धी समस्याको पहिचानदेखि उपचार र स्वास्थ्य परामर्शसम्मका सेवा निःशुल्क उपलब्ध गराइनेछ।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले युवा नेता ऐरको पहलमा शिविर आयोजना गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा सामान्य दन्त उपचारका लागि समेत टाढा जानुपर्ने स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ।
वडा नम्बर १ का अध्यक्ष उत्तरदेव भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री भाटले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन दीपकराज भट्टले गर्नुभएको थियो।
तीन दिनसम्म सञ्चालन हुने शिविरबाट स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क दन्त उपचार तथा परामर्श सेवा प्राप्त गर्नेछन्।
कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,





प्रतिकृया दिनुहोस