• शनिबार ७-२२-२०८३/Saturday 11-07-2026

आखिर बेदकोट नगरपालिका वडा नं.१ मा नयाँ नै किन चाहियो ?

नयाँ केका लागिर ? नाराभन्दा काम ठूलो, प्रचारभन्दा विकास महत्त्वपूर्ण ?

मदन धामी  बेदकोट नगरपालिका वडा नं –०१ स्थानिय बासिन्दा

 

आज नेपाली राजनीतिमा ‘नयाँ’ भन्ने शब्द निकै चर्चामा छ। नयाँ पार्टी, नयाँ अनुहार र नयाँ नेतृत्वको बहस चलिरहेको छ। तर एउटा गम्भीर प्रश्न उठ्छ—आखिर बेदकोट नगरपालिका वडा नं.१ मा नयाँ नै किन चाहियोरु नयाँ केका लागिर ? के नयाँ हुँदैमा सबै योग्य हुन्छन्रु के पुरानो हुँदैमा सबै अयोग्य हुन्छन्रु के राजनीतिक परिवर्तनको अर्थ केवल नयाँ अनुहारलाई अगाडि सार्नु मात्रै होर ? राजनीतिमा नयाँ सोच र नेतृत्वको आवश्यकता हुन सक्छ। तर नेतृत्वको वास्तविक मूल्याङ्कन उसको योग्यता, क्षमता, इमानदारी, सामाजिक योगदान र जनताका लागि गरेको कामका आधारमा हुनुपर्छ।

बेदकोट नगरपालिका वडा नं। १ मा भएका विकासका कामलाई कसरी बिर्सनेर ?बेदकोट नगरपालिका वडा नं। १ को विकासलाई हेर्दा विगतका विभिन्न राजनीतिक नेतृत्व र स्थानीय सरकारका प्रयासबाट भएका कामहरूको उचित मूल्याङ्कन गर्न आवश्यक छ। नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार रहँदा होस् वा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरूको सहभागितामा सरकार सञ्चालन हुँदा होस्, यस क्षेत्रमा विभिन्न विकास निर्माणका काम भएका छन्। पक्की सडक निर्माण, तटबन्ध निर्माण, खेलमैदानको विकास र खानेपानीका पूर्वाधार निर्माणजस्ता कामले स्थानीय विकासमा योगदान पुर्‍याएका छन्। यी पूर्वाधार केवल विकासका संरचना मात्र होइनन्, जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता हुन्। पक्की सडकले आवागमन सहज बनाउँछ, तटबन्धले नदी तथा खोलाको कटानबाट बस्ती र जमिन जोगाउन मद्दत गर्छ, खेलमैदानले खेलकुदको विकास र युवाको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउँछ भने खानेपानीका पूर्वाधारले नागरिकको आधारभूत आवश्यकता पूरा गर्न योगदान दिन्छन्।

 

यी कामको मूल्याङ्कन गर्दा कुनै एउटा दल वा व्यक्तिलाई मात्र श्रेय दिनेभन्दा पनि स्थानीय सरकार, जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी र स्थानीय नागरिकको योगदानलाई उचित रूपमा स्वीकार गर्नुपर्छ। विगतमा भएका कामलाई स्वीकार गर्नुको अर्थ सबै काम पूर्ण छन् भन्नु होइन। जहाँ कमजोरी छन्, त्यहाँ सुधार गरौँ। जहाँ आवश्यकता बाँकी छन्, त्यहाँ थप काम गरौँ। तर भएका सकारात्मक कामलाई बेवास्ता गर्दै केवल ‘नयाँ’ भन्ने नाराका आधारमा विगतको सम्पूर्ण योगदानलाई अस्वीकार गर्नु कत्तिको उचित होलारु

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘नयाँ’ नारामाथि प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ राजनीतिक विकल्पको कुरा गर्नु उसको लोकतान्त्रिक अधिकार हो। जनताले पनि नयाँ राजनीतिक शक्तिलाई समर्थन गर्न वा नगर्न स्वतन्त्रता राख्छन्।तर नयाँ पार्टीबाट उम्मेदवार बनेकै आधारमा कुनै व्यक्ति स्वतः योग्य, सक्षम र जनताको समस्या समाधान गर्न सक्ने हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। नयाँ हुनु र योग्य हुनु फरक कुरा हुन्। लोकप्रिय नारा दिनु र जनताको काम गर्नु पनि फरक कुरा हुन्। उम्मेदवार छनोट गर्दा उसको योग्यता, क्षमता, सामाजिक योगदान, स्थानीय समस्याबारेको बुझाइ र भविष्यको स्पष्ट योजनालाई आधार बनाउनुपर्छ। कसैलाई अयोग्य भन्न पनि तथ्य र आधार आवश्यक पर्छ। त्यसैगरी, कसैलाई योग्य मान्न पनि उसको क्षमता र प्रतिबद्धताको मूल्याङ्कन हुनुपर्छ। त्यसैले बेदकोट नगरपालिका वडा नं। १ मा पनि केवल नयाँ भन्ने नाराका आधारमा होइन, जनताका वास्तविक आवश्यकता पूरा गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्छ।

केन्द्रीय राजनीतिका कमजोरीको सजाय स्थानीय विकासलाई किन ?

नेपालको केन्द्रीय राजनीतिमा विभिन्न दलहरूले पटक–पटक सरकार सञ्चालन गरेका छन्। देशले अपेक्षित गति लिन नसकेको, राजनीतिक अस्थिरता रहेको र जनताका धेरै समस्या समाधान हुन नसकेको विषयमा आलोचना हुँदै आएको छ। तर केन्द्रीय राजनीतिका कमजोरीका आधारमा स्थानीय तहमा भएका सबै विकासका कामलाई अस्वीकार गर्न मिल्छ ?

 

बेदकोट नगरपालिका वडा नं। १ को मूल्याङ्कन यहाँको वास्तविक अवस्था र जनताको अनुभवका आधारमा हुनुपर्छ। पक्की सडक, तटबन्ध, खेलमैदान र खानेपानीजस्ता विकासका विषयमा भएका प्रगतिलाई स्वीकार गर्दै बाँकी आवश्यकता पूरा गर्ने दिशामा अघि बढ्नुपर्छ। विकासलाई राजनीतिक प्रतिशोधको विषय बनाउनु हुँदैन। एउटा सरकारले सुरु गरेको राम्रो काम अर्को सरकारले निरन्तरता दिनुपर्छ। एउटा दलले अघि सारेको उपयोगी योजना अर्को दलले पनि अपनाउन सक्नुपर्छ। आखिर विकासको लाभ कुनै पार्टीका कार्यकर्ताले मात्र होइन, सम्पूर्ण नागरिकले पाउनुपर्छ।

अबको आवश्यकता साझा उम्मेदवार र साझा विकासको सोच

बेदकोट नगरपालिका वडा नं। १ को दीर्घकालीन हितका लागि सबै समुदायलाई समेट्न सक्ने, जनताको समस्या बुझ्ने र विकासप्रति प्रतिबद्ध नेतृत्व आवश्यक छ। यदि स्थानीय स्तरमा विभिन्न राजनीतिक दल, सामाजिक अगुवा र नागरिकको सहमतिमा योग्य, इमानदार र जनतामाझ स्वीकार्य साझा उम्मेदवार अघि सार्न सकिन्छ भने त्यो सकारात्मक राजनीतिक अभ्यास हुन सक्छ। साझा उम्मेदवारको उद्देश्य कुनै एउटा दललाई कमजोर बनाउनु वा अर्को दललाई जिताउनु मात्र हुनु हुँदैन। यसको मुख्य उद्देश्य स्थानीय विकासलाई निरन्तरता दिनु, जनताका समस्या समाधान गर्नु र राजनीतिक विभाजनभन्दा माथि उठेर साझा हितका लागि काम गर्नु हुनुपर्छ। व्यक्तिगत स्वार्थभन्दा माथि वडा, दलगत प्रतिस्पर्धाभन्दा माथि विकास र नाराभन्दा माथि जनताको आवश्यकता हुनुपर्छ।

निष्कर्षस् नयाँ होइन, योग्य नेतृत्व चाहिन्छ ?

बेदकोट नगरपालिका वडा नं। १ मा भएका पक्की सडक, तटबन्ध, खेलमैदान र खानेपानीसम्बन्धी विकासका कामलाई मूल्याङ्कन गर्दा यहाँको विकास यात्रालाई केवल नयाँ र पुरानोको बहसमा सीमित गर्नु उचित हुँदैन। अबको आवश्यकता विगतमा भएका राम्रा कामको संरक्षण गर्ने, बाँकी रहेका आवश्यकता पूरा गर्ने, विकासमा पारदर्शिता कायम गर्ने र जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजना कार्यान्वयन गर्ने नेतृत्व हो।

नयाँ नेतृत्व आउँछ भने उसले अझ राम्रो काम गरेर देखाओस्। पुरानो नेतृत्वले निरन्तरता पाउँछ भने

उसले आफ्नो अनुभव र क्षमतालाई जनताको हितमा प्रयोग गरोस्। दुवैको मूल्याङ्कन एउटै आधारमा हुनुपर्छ—काम, योग्यता, इमानदारी र जवाफदेहिता। त्यसैले प्रश्न फेरि पनि उही छ—आखिर बेदकोट नगरपालिका वडा नं। १ मा नयाँ नै किन चाहियोरु नयाँ केका लागि ? केवल नयाँ भन्ने नाराका लागि होइन, वास्तविक परिवर्तनका लागि नेतृत्व चाहिन्छ। केवल राजनीतिक प्रचारका लागि होइन, जनताको जीवनमा सकारात्मक सुधार ल्याउन नेतृत्व चाहिन्छ।
आउनुहोस्, व्यक्तिको अनुहार र पार्टीको नाराभन्दा माथि उठेर विकास, सुशासन र जनताको साझा हितलाई प्राथमिकता दिऔँ। हाम्रो लक्ष्य नयाँ वा पुरानोको बहस होइन, समृद्ध बेदकोट नगरपालिका वडा नं. १ निर्माण हुनुपर्छ।

मदन धामी 
बेदकोट नगरपालिका वडा नं –०१ स्थानिय बासिन्दा

प्रतिकृया दिनुहोस

खेतीको समयमा मलको हाहाकार, माटो छ, जाँगर छ तर मलखोई ?

मनसुन सक्रिय भए संगै नेपाली किसानका खेतका गाराहरु पानीले भरिएका छन । अकाशे पानीको भरमा वर्षभरि खाने अन्न उब्जाउने किसानहरुको जाँगर पनि यतिवेला

युगको उभार कि शासनको उत्तरदायित्व ? निर्णायक मोडमा नेपालको नेतृत्व बहस

विरेन्द्र बाग, कञ्चनपुर,  नेपालको राजनीतिमा अहिले देखिएको दृश्य केवल दल–दलबीचको प्रतिस्पर्धा होइन, यो पुस्ताबीचको टकराव, शैलीबीचको संघर्ष र

Politics Is Still Men’s Game: Nepal’s Feminist Reality Check

Nepal’s current political moment has captured widespread attention. The possible alignment of a few new male leaders is being celebrated as a “new alternative” and an answer to the country’s long-standing political fatigue. On the surface, this moment appears bold and transformative. Yet from my perspective, it produces more discomfort than excitement.   Because

↑