दैनिक अठार किलोमिटर दुरी बस चडेर भारोत्तोलन प्रशिक्षणमा पन्ध्र बर्षीया ‘नामी’
महेन्द्रनगर, १६ कात्तिकः कञ्चनपुरको झलारी बजारकी पन्ध्र बर्षीया नामी लामिछाने भारोत्तोलन खेलप्रतिको लगाव, मेहनत र समर्पण प्रेरणादायी छ । घरमा हुँदा इन्टरनेटको सहाराले भारोत्तोलन खेलप्रतिको रुचि बढाएकी किशोरी ‘नामी’लाई भारोत्तलन प्रशिक्षणहल सम्म पु¥याएको छ । पछिल्लो पाँच महिना यता महेन्द्रनगरस्थित कवर्डहलमा भारोत्तलन प्रशिक्षण लिइरहेकी उनले आसन्न दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रयासरत छिन् । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट ‘नामी’लाई महेन्द्रनगरस्थित भारोत्तलन प्रशिक्षणका लागि पुग्न दैनिक ३६ किलोमिटर आवात जावत सार्वजनिक यातायातमा गर्नुपर्छ ।
दशौं राष्ट्रियका लागि हुने जिल्ला छनौटको तयारीमा रहेकी लामिछाने दैनिक रु एक सय बस भाडा तिरेर महेन्द्रनगर आउने गरेको बताउनुभयो । “ युट्यवमा भारोत्तलन हेर्दा धेरै रुचि भएर बुवाको प्रेरणाले झलारीबाट दैनिक प्रशिक्षणका लागि महेन्द्रनगर पुग्छु ।” उहाँले भन्नुभयो–“ भारोत्तलनको खेलाडी बन्ने मेरो सपना नै भइसक्यो । संघर्ष र लगनशीलताले सपनालाई पछ्याइरहेको छु ।” दैनिक झलारी–महेन्द्रनगरको यात्रा गर्न सहज नभएपनि खेलप्रतिको लगावले हरेक कठिनाइलाई सहज बनाइदिएको उहाँको भनाई छ । “ बुवा चन्द्र लामिछाने पहिले यही आएर जीम गर्नुहुन्थ्यो ।” उहाँले भन्नुभयो–“ मेरो रुचि र बुवाको प्रेरणाले भारोत्तलनमा प्रवेश गरेको छु ।”
झलारीको चन्द्रसुर्य बाल विद्यालय कक्षा–९ मा अध्ययनरत लामिछानेले पढाईलाई पनि खेलकुदसँगै अघि बढाएको बताउनुभयो । “अब भारोत्तलनलाई निरन्रता दिएर अघि बढ्छु ।” उहाँले भन्नुभयो–“ बरु यातायात समितिले बस भाडामा सहज गरिदिए हुन्थ्यो ।”
यता कञ्चनपुरका भारोत्तलन प्रशिक्षक जीवन गौतम प्रशिक्षणरत लामिछानेको बलियो इच्छाशक्तिसँगै प्रशिक्षणमा निकै मेहनत गरिरहेको बताउनुहुन्छ । “ चार-पाँच बर्ष यता भारोत्तलनमा नयाँ महिला खेलाडी आउने क्रम रोकिएको थियो ।” प्रशिक्षण गौतमले भन्नुभयो–“ नामीले अहिले नै प्रशिक्षणमा हाम्रो उच्च स्तरको क्षमता देखाइसकेको छ ।
खेलमा निरन्तरता भए राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरकै खेलाडी बन्नेसक्ने छनक देखाइसकेको छ ।” उहाँले भारोत्तोलन खेलप्रति उनको लगाव, मेहनत र समर्पण प्रेरणादायी रहेको बताउनुभयो । “ नामी जस्ता खेलप्रति उच्च लगाव भएका खेलाडीहरुलाई परिवार, समाज र राज्यकै सहयोग हुनुपर्छ ।” गौतमले भन्नुभयो–“ सफलता प्राप्त गर्न उमेर होइन, बलियो इच्छाशक्ति र निरन्तर प्रयास चाहिन्छ ।” उहाँले महेन्द्रनगरले यसअघि पनि एक दर्जन महिला खेलाडीहरुलाई राष्ट्रिय स्तरमा पु¥याइसकेको बताउनुभयो । लामिछानेको खेलप्रतिको समर्पण र मेहनत देखेर प्रशिक्षक गौतम उत्साही छन् ।
झलारीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, प्रदेशस्तरमा बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई
महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी
सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित
धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम
धनगढी । डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। कैलालीले ३२ स्वर्ण, १७






प्रतिकृया दिनुहोस