कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो । बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,
आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार




प्रतिकृया दिनुहोस