• शनिबार ७-२२-२०८३/Saturday 11-07-2026

झलारीका उदयमान नेता सिंह, क्षेत्रिय सभापतिका शशक्त दाबेदार

नेपाली काँग्रेसको आशन्न १४ औ महाधिवेशनमा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा लाल बहादुर सिंह क्षेत्रिय सभापतिका शशक्त दाबेदार देखिएका छन् । पुर्व मन्त्रि एनपि साउदको समर्थन रहेका सिंहको जित करिव निश्चित जस्तै भएको छ ।  कञ्चनपुर जिल्लामा  मङ्सिर ३ गते भएको क्षेत्रिय अधिवेशनमा कञ्चनपुर प्रदेश  १ र २ मा  एनपि साउदको प्यानलवाट निर्वाचनमा सहभागी उमेद्ववार नै भारि मतले विजयी भए  सँगै नेता सिंहको कार्यकर्ता बिच क्षेत्रीय सभापतिमा पनि सिंहले नै विजयी हुने चर्चा सुरु भएको छ ।

 

मङ्सिर ६ गते नेपाली काँग्रेस कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को  क्षेत्रीय अधिवेशन हुदैछ । नेता सिंह कञ्चनपुर काँग्रेसमा भिजेका नेताको रूपमा कार्यकर्तामाझ परिचित छन् ।वि।स। २०४६ सालदेखि सक्रिय राजनीतिमा लागेका शुक्लाफाँटा नगरपालिका ९ सिसैयाका लालबहादुर सिंह २०४९ सालमा साविकको झलारी गाउँ विकास समिति वडा नम्बर ५ का वडाध्यक्ष भएका थिए । उनी २०५४ मा स्थानीय निर्वाचनमा पार्टीको उपाध्यक्षको उम्मेदवारका प्रवल दावेदार रहे पनि पार्टीको आन्तरिक विवादका कारण बञ्चित भए । पछि पनि सिंह कांग्रेसको संगठनमा सक्रिय रही १० औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधिका रूपमा सर्वसम्मत क्षेत्रिय प्रतिनिधिमा आई १२ औं महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि भई क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिको उमेदवार रहेका थिए ।   

 

यस्तै सिंह १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य बनेका थिए । अहिले आसन्न १४ औं महाधिवेशनमा सर्वसम्मत रूपमा क्षेत्रिय प्रतिनिधि छनौट भई क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिका दावेदारका रूपमा रहेका छन् । पार्टिका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका सिंह कांग्रेस राजनीतिका साथै समाजसेवामा बढी सक्रिय रहेका छन् ।  खारिएको, अनुभव भएका नेता मानिन्छन्,उनी युवा माझ अतिनै लोकप्रिय छन् । लोकतन्त्रमा विश्वास र जनताको सेवामा प्रतिबद्ध भएकै कारण उनी सशक्त रहेको कार्यकर्ताको बुझाइ छ। सिंहले  आफू चारतारे झण्डा र नेपाली काग्रेसको रुखको सभापतिको उम्मेदवार रहेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस

रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ

 महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे

सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार

काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको

↑