सृजनशील सहकारीको १९औँ वार्षिक एकाइगत साधारणसभा सम्पन्न
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक एकाइगत साधारणसभा आइतबार सम्पन्न भएको छ। सहकारीको लेखा समिति सदस्य ताराप्रसाद पाण्डेयको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा सल्लाहकार समिति संयोजक सिद्धराज भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख मदनराज भट्टलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै सहकारी र शेयर सदस्यबीचको आपसी विश्वास, सहकार्य र सुमधुर सम्बन्धले संस्थालाई थप बलियो र सफल बनाउने बताए। सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास महत्त्वपूर्ण हुने उनको भनाइ थियो। साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरिएको थियो।
संस्थाका कार्यकारी प्रमुखले उक्त आर्थिक वर्षमा सहकारीले राज्यलाई ३३ लाख ६१ हजार २७ रुपैयाँ कर बुझाएको जानकारी दिए। कार्यक्रममा उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी सहकारीका वरिष्ठ अधिकृत महादेव नाथले संस्थाले पारदर्शी कार्यशैली, व्यवस्थित कारोबार र गुणस्तरीय सेवामार्फत सदस्यहरूको विश्वास कायम राख्दै आएको बताए।
प्रविधिको प्रयोगमा सहकारी अग्रस्थानमा रहेको उल्लेख गर्दै उनले सदस्यहरूलाई मोबाइल बैंकिङलगायत संस्थाले उपलब्ध गराएका डिजिटल सेवाहरूको उपयोग गर्न आग्रह गरे। साधारणसभाको समापन सभाध्यक्ष ताराप्रसाद पाण्डेयले गरेका थिए। कार्यक्रमबारे संस्थाका वरिष्ठ अधिकृत महादेव नाथले जानकारी दिएका हुन्।
सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३र८४ का लागि यसअघि प्रस्तुत भएकै आकारमा नयाँ बजेट ल्याएको छ। आइतबार प्रदेशसभाको बैठकमा
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा
महेन्द्रनगर, श्रावण ७, एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दुवै सदनको


2026-11-22-16-30-08.jpeg)



प्रतिकृया दिनुहोस