• शुक्रबार ८-१२-२०८३/Friday 11-27-2026

लागूऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर। कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।भीमदत्त नगरपालिका–११ होल्डिग सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३५० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द पक्राउ परेका हुन्।

 

दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

विपद जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विपद् जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र

दिल्ली पुगे प्रधानमन्त्री बालेन : भारतका राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान

शिव गौरा मन्दिर संरक्षण समिति सर्वसम्मत गठन, अध्यक्षमा महरा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-३ मा रहेको शिव गौरा मन्दिर संरक्षणका लागि मानबहादुर महराको अध्यक्षतामा ९ सदस्यीय संरक्षण समिति सर्वसम्मत गठन

↑