• शुक्रबार ८-१२-२०८३/Friday 11-27-2026

शुक्लाफाँटामा कृष्णसारको संख्या ३०६ पुग्यो,

कञ्चनपुर,बैशाख २३। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षणका लागि राखिएका कृष्णसारको संख्या ३०६ पुगेको छ।

 

सुरुवातमा बर्दिया र नेपालगञ्जबाट ल्याइएका ४२ वटा कृष्णसार १० वर्षमै आठ गुणाले वृद्धि भएपछि व्यवस्थापनमा चुनौती थपिएको हो।निकुञ्ज प्रशासनका अनुसार हाल हिरापुर फाँटाको ६० वर्गकिलोमिटर क्षेत्रमा तारबार ९इन्क्लोजर०लगाएर कृष्णसारलाई सीमित गरिएको छ।

 

त्यही क्षेत्रमा उनीहरूको आहारादेखि बसोबासको व्यवस्था गरिएको छ। तर अहिले दैनिकरूपमा संख्या बढ्न थालेपछि निकुञ्जभित्रै खुला चरन क्षेत्र तयार पार्ने वा अन्यत्र स्थानान्तरण गर्ने विकल्पमा छलफल भइरहेको छ।निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले भन्छन्,अब सबैलाई इन्क्लोजरमै राखिराख्न सकिने अवस्था छैन। विभिन्न विकल्पमा अध्ययन भइरहेको छ।

 

निकुञ्जको पछिल्लो तथ्यांक अनुसार हाल १४४ पोथी, ११७ भाले र ४५ पाठापाठीसहित ३०६ वटा कृष्णसार छन्। सुरुवाती वर्षहरूमा भालेबीचको लडाइँ र जुकाका संक्रमणका कारण मृत्यु दर उच्च देखिएको थियो। तर पछिल्लो समय संख्या बढ्ने दर उत्साहजनक रहेको छ।निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार, “संख्या बढेपछि अब व्यवस्थापन रणनीति फेरबदल आवश्यक भएको छ। इन्क्लोजर विस्तार, खुला चरण अनुमति, चितवन वा अन्य निकुञ्जमा स्थानान्तरण जस्ता विकल्पमा छलफल भइरहेको छ।”

 

तर ढकालले हाल आर्थिक स्रोतको अभावका कारण विस्तृत अध्ययन र स्थानान्तरण प्रक्रिया तत्काल अघि बढ्न नसक्ने बताए। निकुञ्जको आगामी पञ्चवर्षीय योजनामा कृष्णसार व्यवस्थापनसम्बन्धी कार्यक्रम समावेश गरिएको जनाइएको छ।संरक्षणकर्मीहरूका अनुसार अब केही कृष्णसारलाई चरण गर्दै खुला वातावरणमा छाडेर व्यवहार अध्ययन गर्ने तयारी भइरहेको छ। तर अहिलेसम्म कुनै ठोस निर्णय भइसकेको छैन।

प्रतिकृया दिनुहोस

पाँच करोडको तटबन्ध सामान्य वर्षामै क्षतिग्रस्त

कञ्चनपुर – महाकाली र जोगबुडा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरका बासिन्दाले विगत भन्दा केही राहत हुने आश गरेका

बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते 

बझाङ — बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७

गेटा अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ — सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई

↑