• बिहीबार ७-६-२०८३/Thursday 10-22-2026

शुक्लाफाँटाका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

कोभिड प्रभावित दलित तथा विपन्न समुदायहरुलाई दलित हलियामुक्ति समाज कञ्चनपुरले राहत खाद्यान्न सामाग्री वितरण गरेको छ । दलित अधिकारका लागि अन्तराष्ट्रिय संगठनको साझेदारीमा शुक्रवार दलित हलियामुक्ति समाज कञ्चनपुरले झलारीको खुलामञ्चमा कोरोना महामारीको समयमा रोजगारी  गुमाएका  शुक्लाफाँटा नगरपालिकाका अतिबिपन्न तथा दलित समुदायका ४० घर परिवारहरुलाई राहत खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

No description available.

विपन्न परिवारलाई २ किलो दाल,१ कठ्ठा चामल,२ गोटा सावुन,२ किलो नुन र १ लिटर तेल वितरण गरिएको हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए । शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडावासीहरुलाई कोरोना भाइरसको यस विषम परिस्थितीमा जिविकोपार्जन गर्न असहज भइरहेको अवस्थामा थोरै भएपनि यस राहतले सहयोग पुग्ने आफुहरुले अपेक्षा लिएको हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष लुहारले जानकारी दिए ।

No description available.

अध्यक्ष लुहारका अनुसार जिल्लाभरि नै राहत वितरण गर्ने योजना रहेको  छ । "जिल्ला भरिका अति विपन्न परिवार,असाहय,अशक्त परिवारलाई राहत वितरण गर्ने योजना बनाएका छौं,लुहारले भने,जिल्लाभरीका २ सय परिवारलाई राहत वितरण गर्ने छौं" । दलित अधिकारका लागि अन्तराष्ट्रिय संगठनको साझेदारीमा १ सय र अन्तराष्ट्रिय श्रम संगठनको साझेदारीमा १ सय परिवार गरी २ सय परिवारलाई राहत वितरण गरिने योजना रहेको  हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले जानकारी दिए ।

No description available.

कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले कोरोना भाइरसको महामारीका वेला वितरण गरिएकोे खाद्यान्नले दैनिक जिवनयापन गर्न धेरै सहज हुने बताए । विगतका दिनहरुमा नगरपालिकाले जनताको हकहित संरक्षण,सम्वद्र्धनका लागि काम गरेको स्मरण गराउँदै नरहेको नगर प्रमुख ऐरले भने,आगामी दिनहरुमा पनि विभिन्न संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा दुई मत छैन । दैनिक जिविकोपार्जन गर्न समस्या भइरहेको वेलामा राहत पाउँदा विपन्न परिवारहरु निकै हर्षित भएका छन् । नगरभित्र रहेका ३,८,९,१० र १२ नम्बर वडा बाहेक अन्य वडाका अति विपन्न गरिब परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

 

No photo description available.No description available.

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्‍यो ब्राउन सुगर, एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी

भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी

बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक

धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,

↑